ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई खरानी बनाए

ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई  खरानी बनाए

मायाको परिभाषामा जब मान्छेले विश्वास गरेको मान्छेबाट धोका पाउँछ, जीवनभर नबिर्सने चोट पाउँछ तब ऊ जे पनि गर्न तयार हुन्छ । प्रेमी-प्रेमिकाबीच धोका हुँदा कतिपय एउटै डोरीमा पासो लागेको घटना छन् भने कयौंले एक्लै मृत्युको बाटो रोजेका पनि छन् । आइतवार त्यस्तै एउटा घटना घटेको छ, काठमाडौंको धुम्बाराहीमा । लामो समयदेखि झाङ्गिएको प्रेम इङेग्जमेन्ट हुँदै ज्युँदै जल्नुपर्ने बाध्यतासम्म पुगेको छ । 

नुवाकोट घर भई हाल बुद्दनगर बस्ने पुष्पा न्यौपाने केही समयदेखि दरवारमार्गस्थित केल्मी ब्रान्डको शोरुममा म्यानेजर थिइन् । सोही ब्रान्डको कपडा लगाउन मन पराउने धुम्बाराही-४ का २९ बर्षीय सुदन सङ्गौला उक्त पसलको नियमित ग्राहक थिए । 
नियमित भेटघाट हुँदै जाँदा पुष्पालाई सुदनले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । फेसबुकमा जोडिएपछि कुराकानी हुँदाहुँदै साथीको सम्बन्ध गहिरो मायाँमा परिणत भयो ।

झाङ्गिदै गएको प्रेम सम्बन्ध चौघेरामा के सिमित रहन्थ्यो र, दुबैको परिवारसम्म पुग्यो । त्यसपछि परिवारकै सहमतिमा विवाह गर्ने भन्दै गत भदौ १८ गते इन्गेज्मेन्ट भयो । टिकाटालो गरेर १ बर्षपछि बिबाह गर्ने निधोमा दुवै परिवार पुगे ।

बताइएअनुसार टिकाटालो गरेको तीन महिनासम्म सुदनले पुष्पालाई राम्रै व्यवहार गरिरहेका थिए । त्यसपछि सुदन टाढिन थाले । एक बर्षपछि बिहे गर्न राजी भएको उनको परिवार मङ्सिर १७ गते बिहे गर्न नसकिने भन्दै पुष्पाको घरमा इन्गेज्मेन्टको सामान फिर्ता गर्न आए । बिहेको लागि जुटेका पुष्पाका परिवार र आफन्त सुदनको निर्णयले आश्चर्यमा परे भने उनी पागलजस्तै बनिन् ।

"सुदनको मायाको झिनो आशा लिएर उनको घरमा पुगी घन्टौंसम्म निर्णय पुनर्विचार गर्न अनुनय गरिन् । तर,सुदनको मन फ़र्किएन । त्यसपछि त्यहाँबाट निस्किएकी उनी नजिकैको एक पसलमा बसेर निराश हुँदै कुरा गरिरहेको स्थानीय पसलेहरुको भनाई छ ।" 

लामो समयदेखि सुदनको अन्धो प्रेमबाट इन्गेज्मेन्टसम्म पुगेकी पुष्पा बिलौना गर्दै सम्बन्ध नतोड्न बिन्ती गर्न थालिन् । तर,सुदनले उनको आग्रह अस्वीकार मात्र गरेनन्,उल्टै अनेक मानसिक यातना दिन थाले ।

मानसिक तनावबाट  गुज्रिएकी पुष्पा आइतबार सुदनको मायाको झिनो आशा लिएर उनको घरमा पुगी घन्टौंसम्म निर्णय पुनर्विचार गर्न अनुनय गरिन् । तर,सुदनको मन फ़र्किएन । त्यसपछि त्यहाँबाट निस्किएकी उनी नजिकैको एक पसलमा बसेर निराश हुँदै कुरा गरिरहेको स्थानीय पसलेहरुको भनाई छ । 

पसलबाट साँझ सात बजेतिर निस्किएकी पुष्पालाई केही बेरमै सुदनको घरको गेटमा जलिरहेको अवस्थामा स्थानीयहरुले भेट्टाए । सुदनका बाबुले पुष्पाको घरमा फोन गरेर 'पुष्पा जस्तै मान्छे घरअगाडि गेटमा जलिरहेको' जानकारीसम्म दिए तर निभाउन गएनन् ।

केही समयपछि प्रहरी पुग्यो । तर,पुष्पाको ७० प्रतिशत शरिर जलिसकेको थियो । प्रहरीले उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍यायो । तर,त्यहाँ  उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा सोमबार मृत्यु भयो ।

'बिचरा जल्न लागेपछि सुदन हतारमा आएर आगो निभाई स्वीकार गर्छन् कि ? नजिक जल्दै गर्दा सायद के हेरेर बस्थे, यसो गरेपछि त विवाह गर्लान् नि ! भनेर नै यस्तो गरेको हुन सक्छ । तर, कोही आएनन् । कति पीडा भयो होला', प्रत्यक्षदर्शी निरा खड्काले भनिन् ।

'टिकाटालापछि सुदनले पुष्पालाई धेरै मानसिक यातना दिन थालेको थियो । उसले अर्को प्रेमिका बनाएर नै पुष्पालाई यो अवस्था सम्म पुर्‍याएको हो', पुष्पाका काका उत्तम न्यौपानेले पीडा पोख्दै भने । 

यसरी सिन्दुरको आशमा बसेकी एउटी नारीको अकालमै जीवन समाप्त भयो । प्रेमीको मायाले उनलाई ज्यूँदै खरानी बन्न बाध्य बनायो । प्रहरीका अनुसार आरोपित सुदनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

-क्षितिज सरगमबाट

टिप्पणीहरू