पन्ध्र दिनसम्म देउवाले केही नगर्ने

पन्ध्र दिनसम्म देउवाले केही नगर्ने

‘अझै १५ दिन केही नगरौँ’, समग्र प्याकेज सहमतिबारे गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएको छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्ने किचलो शुरु भएपछि त्यो काम सकेर मात्रै सरकार गठनमा लाग्नुपर्ने मनशाय उहाँबाट व्यक्त भएको छ ।

कांग्रेसभित्र रामचन्द्रको आफ्नो रहर छ । गगनले दावी गरेकै छन् । शेखर कोइराला पछाडि हटेर गगनलाई समर्थन गर्ने लाइन थियो, तर अब शेखर आफैँ अगाडि आउने अवस्था भएको छ ।उता, एमालेमा यसपालि ‘बा’ का उत्तराधिकारी भनिएका प्रायःले हारेका छन् ।

एकीकृत समाजवादीले स्थानीय तहमा ९ लाख भोट आयो, अब पनि ६–७ लाख त कसो नआउला भन्दै ढुक्क हुँदा क्षति भयो । गठबन्धन हुँदा सबैजसो प्रत्यक्षतर्फ भोट माग्न हिँडे, समानुपातिकको ख्यालै भएन । उता, राष्ट्रपतिमा माओवादीले उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई नै अगाडि सार्ने सम्भावना छ भने कांग्रेसबाट पूर्णबहादुर खड्का गृहमन्त्री हुने, सभामुख एसले लिने कुरा छ ।
 

टिप्पणीहरू