सञ्चारमन्त्रीलाई भ्याइनभ्याइ,भारतीय राजदूत भेटेर सोझै बालुवाटार

सञ्चारमन्त्रीलाई भ्याइनभ्याइ,भारतीय राजदूत भेटेर सोझै बालुवाटार

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूत नवीन श्रीवास्तवबीच लैनचौरमा आज साँझ भेटवार्ता भएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन सकाएर मन्त्री कार्की सीधै काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको थियो । 

उहाँहरुबीच ४० मीनेट वार्ता भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै शीर्ष नेताहरुको दौडधुप बढेको छ । त्यस्तै,लैनचौरमा भेटवार्ता सकाएर सञ्चारमन्त्री कार्की भखरै बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्कीबीच वार्ता जारी छ । उहाँहरुबीच सँसदीय दलको नेता छान्न क-कसलाई भेटेर सहयोग माग्ने भन्नेवारे छलफल भइरहेको बुझिएको छ ।

टिप्पणीहरू