कञ्चनपुरमा गाईलाई ज्युँदै खाल्डोमा हालियो

कञ्चनपुरमा गाईलाई ज्युँदै खाल्डोमा हालियो

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाले पशु व्यवस्थापनका नाममा छाडा गाईहरुलाई जिउँदै खाल्डोमा पुरेको घटनाप्रति पशु कल्याण संघ नेपालले आज विरोध जनाएको छ । उसले भनेको छ, "कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले छाडा पशु व्यवस्थापनका नाममा छाडा अवस्थामा रहेका गाईहरुलाई जिउँदै खाल्डोमा पुरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ |

विभिन्न सामाजिक सञ्जालहरुमा व्याप्त भिडियोहरु र यस संघमा विभिन्न व्यक्तिहरुले उपलब्ध गराउनुभएका सूचनाको आधारमा उक्त कार्य अन्यन्तै अमानवीय, गैरकानुनी र विभत्स कार्य हो भन्ने यस संघको ठम्याई रहेकोले उक्त निन्दनीय कार्य गर्ने गराउने व्यक्ति तथा संस्थाउपर कडाभन्दा कडा कानुनी कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।

"उमेर र शक्ति हुन्जेलसम्म जनावरहरुलाई काममा लगाउने,उनीहरुबाट उत्पादन लिने र अशक्त अवस्थामा यसरी बेवारिसे बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने तथा त्यस्ता जनावरहरुको मानवीय व्यवस्थापनको आवश्यकता रहेकोले सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत आत्मसात गरी वेदकोट नगरपालिकामा भएको पाशविक घटनामा संलग्नलाई कानुनको कठघरामा ल्याई भावी दिनमा यस्ता किसिमका घटनाहरु दोहोरिन नदिने प्रतिवद्धताको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।"

नेपालको राष्ट्रिय जनावरका साथै हिन्दुहरुको पवित्र र पूज्य जनावर गाईमाथिको यस्तो किसिमको अत्याचार र बर्बरताले नेपालको विद्यमान नियम तथा कानूनको धज्जी त उडाएको छ नै,साथसाथै धार्मिक आस्था,धार्मिक सहिष्णुता र मानवता माथि नै नराम्रोसंग प्रहार गर्ने कार्य गरेको छ,छाडा पशु चौपायाको व्यवस्थापनका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले समेत व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय निकायको नै भएको र सो क्रममा मानवीय ढंगले व्यवस्थापनका लागि पहल गर्न आदेश नै जारी भएको अवस्थामा सो को समेत बर्खिलाप हुनेगरी वेदकोट नगरपालिकाद्वारा गरिएको यस अनैतिक कार्य अदालतको अपहेलननासमेत हो । त्यस्तै मुलुकी अपराध संहिता, ऐन, २०७४ मा समेत पशुपंक्षीप्रति दुर्ब्यवहारलाई कसुरको रुपमा स्वीकार गरिएकोले सो कार्य उक्त संहिताको समेत बर्खिलाप हुने देखिन्छ ।

अतः उमेर र शक्ति हुन्जेलसम्म जनावरहरुलाई काममा लगाउने,उनीहरुबाट उत्पादन लिने र अशक्त अवस्थामा यसरी बेवारिसे बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने तथा त्यस्ता जनावरहरुको मानवीय व्यवस्थापनको आवश्यकता रहेकोले सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत आत्मसात गरी वेदकोट नगरपालिकामा भएको पाशविक घटनामा संलग्नलाई कानुनको कठघरामा ल्याई भावी दिनमा यस्ता किसिमका घटनाहरु दोहोरिन नदिने प्रतिवद्धताको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।"

टिप्पणीहरू