चुनावपछिको पहिलो क्याबिनेट बैठक,दुई दर्जन निर्णय सार्वजनिक

चुनावपछिको पहिलो क्याबिनेट बैठक,दुई दर्जन निर्णय सार्वजनिक

हिजो बसेको क्याबिनेट बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ । 

निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वेबाट प्राप्त हुने करिब दुई अर्ब ५७ करोड र फिनल्याण्डबाट दुई अर्ब ५४ करोड अनुदान स्वीकार गर्ने बताउनुभयो । 

त्यस्तै,मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङ्ग नेतृत्वको भ्रमण टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ । 

यता,नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखापाल, नेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयन गर्ने क्याबिनेटको निर्णय छ । 

कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्त गर्ने,किमाथाँका,अरुण जलविद्युत आयोजना र लेखनाथ दमौली २२० केभी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने, सेती नदी जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको छ । 

माथिल्लो ठूलो जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र दूधपोखरी तेपे जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिनेलगायतका निर्णय हिजोको बैठकले गरेको छ ।

टिप्पणीहरू