नौ करोड ७८ लाख ठगेर सन्देश अझै बेपत्ता

नौ करोड ७८ लाख ठगेर सन्देश अझै बेपत्ता

दाङ्गका एक युवाले विदेश पठाइदिन्छु भन्दै २९ जना युवालाई ठगेर  फरार भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका  वडा नं. १६ घर भई (हाल हरिसिद्धी,ललितपुर) बस्ने ३४ बर्षीय सन्देश शर्माले भुटानी शरणर्थी बनाएर अमेरिका पठाई दिन्छु भनी उच्चपदस्थ सरकारी अधिकारीसँगको मिलेमतोमा मोटो रकम ठगी गरेको पीडितको आरोप छ । 

गजेन्द्र बुढाथोकीसहित २९ जना युवाको पटक पटक गरी नौ करोड अठहत्तर लाख लिई फरार भएको र प्रहरीमा जाहेरी दरखास्तसमेत पेश गरेकोमा हालसम्म आरोपित सम्पर्कमा आएका छैनन् ।

"खोज्ने क्रम जारी छ"- काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले जनआस्थालाई बताउनु भयो।

टिप्पणीहरू