सँसदीय दलको नेतामा सहयोग माग्दै शशाँक कोइरालालाई बालुवाटार बोलाइयो

सँसदीय दलको नेतामा सहयोग माग्दै शशाँक कोइरालालाई बालुवाटार बोलाइयो

छैठौं चोटी प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका शेरबहादुर देउवाले सोही अभियानअन्तर्गत पार्टीभित्रैबाट  सहयोग जुटाउन थाल्नुभएको छ । यसक्रममा अहिले अघिल्लो काङ्ग्रेस कार्यसमितिका महामन्त्री डाक्टर शशांक काेइरालालाई बालुवाटार बोलाइएको छ ।उहाँहरुवीच बिहान सवा आठ बजेबाट शुरु भएको भलाकुसारी एक छिन अगाडिसम्म जारी थियो । 

देउवालाई कोइराला परिवारभित्रबाट डाक्टर शेखर कोइराला र गत महाधिवेशनमा उहाँकै प्यानलका महामन्त्री गगन थापा,वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत चुनौती बन्ने सम्भावना देखिएको छ ।

टिप्पणीहरू