सीके राउत शीतल निवासमा,प्रकाण्ड गृह मन्त्रालयमा

सीके राउत शीतल निवासमा,प्रकाण्ड गृह मन्त्रालयमा

जनमत पार्टीका अध्यक्ष तथा हालै निर्वाचित सांसद डा.सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । उहाँ हिजो दिउँसो शिष्टाचार भेटको क्रममा दिउँसो साढे २ बजेदेखि पौने ४ बजेसम्म शीतल निवासमा हुनुहुन्थ्यो ।

यता,नेकपा माओवादी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि वार्ताको निम्ति सिंहदरबारस्थित गृह मन्त्रालय पुग्नुभयो । हिजो बिहान ११ बजेको समयमा सिंहदरबार पुगेका विश्वकर्मा साढे १२ बजे त्यहाँबाट बाहिरिनुभएको थियो । ओली सरकारले गरेको तीन बुँदे सम्झौताबमोजिम जसरी पनि जेल र मुद्दामा अल्झेका आफ्ना नेता,कार्यकर्ता छुट्नु पर्ने बिप्लव समूहको माग रहँदै आएको छ ।

टिप्पणीहरू