बर्मेली दूतावासअगाडिबाट एक दर्जन विद्यार्थी पक्राउ

बर्मेली सरकारले विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएपछि नेपालमा विरोध जनाइएको छ । सात जना विद्यार्थीलाई मृत्युदण्ड दिने निर्णयको विरोधमा नेपाली विद्यार्थीहरु उभिएका हुन् । 

नेपाल विद्यार्थी संघको सचिवालय सदस्य विनोदराज जोशीको नेतृत्वमा आज ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित म्यानमार दूतावासअगाडि एक दर्जन बढीको टोलीले विरोध प्रदर्शन गरेका थिए  

हातमा कालोपट्टी बाँधेर र कालो ब्यानर बोकेर आन्दोलनमा उत्रिएको उक्त टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ११ पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसर, जावलाखेलतर्फ लगेको छ ।

टिप्पणीहरू