मंसिर ४ गते सरकारमा जाने सोच थियो,पूरा हुन पाएन-कृष्णगोपाल श्रेष्ठ

मंसिर ४ गते सरकारमा जाने सोच थियो,पूरा हुन पाएन-कृष्णगोपाल श्रेष्ठ

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले पोलिटब्यूरो सदस्य कृष्णगोपाल श्रेष्ठले आफ्नो सरकार नबनेकोमा दु:ख प्रकट गर्नुभएको छ । आज काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा आयोजित कार्यक्रममा उहाँ मनको बह पोख्दै हुनुहुन्थ्यो । समाजसेवी बालगोपाल श्रेष्ठको निजी निवासमा सञ्चालित कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम काठमाण्डौका पूर्व मेयर विध्यासुन्दर शाक्य,केन्द्रीय सदस्य बिणा श्रेष्ठ,काठमाडौँ महानगरपालिका वडानम्बर १४ की पूर्ववडाध्यक्ष शोभा सापकोटालगायत ४०/५० जनाको सहभागिता थियो । 

पूर्वमेयर विध्यासुन्दर शाक्यले नवनिर्वाचित श्रेष्ठलाई विजय हासिल गरेकोमा बाजागाजासहित मतदाताको घरमा सगुन लिएर जानुपर्ने बताउनुभयो  । 

साथै,उहाँले भोलि चन्द्रागिरीको कार्यक्रम सम्पन्न हुनेबित्तिकै मतदातालाई भेट्ने कार्यक्रम अघि बढाउने जानकारी दिनुभयो । 

पूर्वमेयर शाक्य र सांसद श्रेष्ठले यसपटकको निर्वाचन सोचेको भन्दा फरक भएको र मंसिर ४ गते एमालेको बहुमतको सरकार आउँछ भनिएतापनि त्यो पुरा हुन नसकेको गुनासो पोख्नुभयो । "अबको सरकार अल्पमतको बन्ने भएकाले नेकपा एमालेले प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने अवस्था छ ।" उहाँहरुले भन्नुभयो ।  

पहिलो पार्टीले सरकार बनाउन नसके,दोस्रो पार्टीले सोच्नुपर्ने भएकाले त्यसमा हतार गरी कुनै निर्णय नगर्न पनि आग्रह गर्नुभयो ।

टिप्पणीहरू