मेयरद्वारा कर्मचारीमाथि भ्रष्टाचारको आरोप

मेयरद्वारा कर्मचारीमाथि भ्रष्टाचारको आरोप

सप्तरीको राजविराज नगरपालिकाका कर्मचारीहरुले कार्यवाहक प्रमुख इसरत परविनले लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । कार्यवाहक प्रमुखले भ्रष्टाचारीको आरोप लगाएपछि कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, इकाई समितिले कर्मचारीमाथि भ्रष्टाचारीको दोषरोपण गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाको नीति, नियम तथा निष्ठामा समर्पण भएर निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको कर्मचारीमाथि कार्यवाहक प्रमुख परविनले यस्तो आरोप लगाउनु निन्दनीय भएको समितिको ठहर छ । 

‘राजविराज नगरपालिकाका नगर कार्यपालिकाको कार्यालयको नीति, नियम तथा निष्ठामा समर्पण भई कर्मचारीले सदैव निष्ठापूर्वक आफ्नो जिम्मेवारी वहन गर्दै आएकोमा कार्यवाहक नगरप्रमुखबाट यस्तो निन्दनीय शब्दप्रति गम्भीर आपत्ति जनाउँछौ’, आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । समितिले उक्त आरोप फिर्ता लिन जोडदार माग गरेको छ ।

टिप्पणीहरू