आगो झोसेर फरार व्यक्ति ९ वर्षपछि प्रहरीको फन्दामा

आगो झोसेर फरार व्यक्ति ९ वर्षपछि प्रहरीको फन्दामा

आगो लगाएर बेपत्ता भएका एकजना अभियुक्त नौ वर्षपछि फेला परेका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट कैद तथा जरिवाना ठहर भइ फरार भुम्लु गाउँपालिका वडा नम्बर ७ का अनिल गिरी पक्राउ परेका हुन् । 

प्रहरीले निजलाई आज पक्राउ गरेको हो । गिरीलाई आगजनी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७० साल जेठ १ गते चार वर्ष कैद फैसला सुनाएको थियो ।

टिप्पणीहरू