रविका जिल्ला सभापतिमाथि आक्रमण

रविका जिल्ला सभापतिमाथि आक्रमण

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले संखुवासभाका जिल्ला सभापति निलराज कार्कीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । 

गत शुक्रबार साँझ होटल सैनिक खाँदबारीमा सुत्न जाने क्रममा अज्ञात समूहद्वारा आक्रमण भएको पार्टीले जनाएको छ । 

पार्टी प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले उक्त घटनाप्रति घोर भत्र्सना जनाएका छन् । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

‘उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमा कडा कारबाही गरी नागरिकलाई सुरक्षित जीवनयापन गर्ने वातावरण बनाउन नेपाल सरकार तथा सम्बन्धित स्थानीय प्रशासनसमक्ष जोडदार माग गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू