पद्या नर्सिङ्गमा देखिएको समस्याको हल खोज्न माग

पद्या नर्सिङ्गमा देखिएको समस्याको हल खोज्न माग

समाजवादी विद्यार्थी युनियनले पद्या नर्सिङ्ग होम स्कुल अफ नर्सिङमा देखिएको समस्या तुरुन्त समाधान गर्न माग गरेको छ । विगत तीन महिनादेखि विद्यार्थीहरुको शैक्षिक अध्यापनमा देखिएको समस्या समाधान गर्न र प्रशासनिक व्यवस्थापन मिलाउन युनियनले माग गरेको बताइएको छ । 

शैक्षिक संस्थाले प्रशासनिक व्यवस्था नमिलाउँदा विद्यार्थीहरुले परीक्षा फाराम भर्न नपाएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  ‘विद्यार्थीहरुले परीक्षा फारामदेखि आफूले अध्ययन गर्न पाउने अधिकारसमेत हनन् गरिएको, विद्यार्थीहरुलाई अँध्यारो भविष्यमा पार्नेतर्फ यस क्याम्पस लागेकोप्रति समाजवादी विद्यार्थी युनियनको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । 

युनियनले विद्यार्थीलाई अन्योलमा नपार्न र जतिसक्दो छिटो विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गरेको हो । माग सम्बोधन नभएको अवस्थामा कडा आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ ।
 

टिप्पणीहरू