घुस खल्तीमा हालेका सशस्त्रका जवान समातिए

घुस खल्तीमा हालेका सशस्त्रका जवान समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।अख्तियारको टोलीले नवलपरासीमा रहेको सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई सात हजार घुस रकमसहित पक्राउ गरेको हो ।

देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गर्ने र सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।उनलाई नवलपरासीको प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित आज नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू