दाङमा एमालेका दुबै महिला उम्मदेवार पछाडि

दाङमा एमालेका दुबै महिला उम्मदेवार पछाडि

दाङमा निर्वाचन प्रतिस्पर्धा गरिरहेका एमालेका दुई महिला उम्मेदवार नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसका उम्मेदवारभन्दा निकै पछाडि परेका छन् । 

दाङको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८ हजार ५ सय २३ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले ५ हजार ८ सय २ मत ल्याएकी छन् । 

दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा काँग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वली तीन हजार बढी मतले पछाडि परेकी छन् । गिरीले १४ हजार १९० मत ल्याउँदा वलीले १० हजार ७९१ मत प्राप्त गरेकी छन् ।

टिप्पणीहरू