बलात्कारपछि ५५ वर्षीया महिलाको हत्या

बलात्कारपछि ५५ वर्षीया महिलाको हत्या

चितवनमा उमेरले आमा सरहकी महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जना समातिएका छन् । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी र हत्या गर्ने दुई युवा भरतपुर महानगरपालिका २ घर भएका २३ वर्षीय सन्दिप गुरुङ्ग र विजय परियार हुन् । 

ती महिला आइतवार बिहान ६ बजे स्थानीय दुर्गा मन्दिर चोकस्थित प्रतिक्षालयको खाली चौरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग बुझ्दा,सिसिटिभी फुटेजहरु हेर्दा उक्त कार्यमा दुई जना संलग्न रहेको खुलेको बताइन्छ । 

प्रहरीले सन्दिपलाई सोधपुछ गरेपछि विजयको मिलेमतो रहेको पत्ता लागेको हो । लगत्तै विजयलाई रामेश्वर मन्दिर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । महिलालाई जबरजस्ती करणी गरेपछि ढुंगाले टाउकोमा हानेर घटनास्थल नजिकै ठूलो गुम्बाको कम्पाउण्डभित्र झाडीमा फालेको उनीहरुले स्वीकारेका छन् ।

करणीमा प्रयोग गरेको परिवार नियोजनको अस्थायी साधन कण्डम र टाउकोमा प्रहार गरिएको ढुंगासमेत सोही स्थानबाट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज जिल्ला अदालत चितवनबाट म्याद थप गरेर छानबिनको दायरामा ल्याइएको छ ।a

टिप्पणीहरू