२६ सय मतको अन्तरले चित्रबहादुर केसी विजयी

२६ सय मतको अन्तरले चित्रबहादुर केसी विजयी

बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन् । पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् ।

सो क्षेत्रमा ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको बताइन्छ ।
 

टिप्पणीहरू