ताप्लेजुङमा दुर्घटना, सडक अवरुद्व

ताप्लेजुङमा दुर्घटना, सडक अवरुद्व

ताप्लेजुङमा आज सबेरै सडक दुर्घटना भएको छ । फुङलिङ नगरपालिका २ को रिजाल लाइनमा आज बिहान साढे ५ बजेको समयमा मालवाहक सवारी साधन पल्टेको हो ।

बिर्तामोडबाट ताप्लेजुङमा सामान लिएर आएको मालवाहक मे. १ ख. १५६५ नम्बरको ढुवानी सेवाको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, केही समयका लागि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू