पैदल यात्रु सँधै असुरक्षित, २६ वर्षीया गुञ्जनालाई बसको ठक्कर

पैदल यात्रु सँधै असुरक्षित, २६ वर्षीया गुञ्जनालाई बसको ठक्कर

बारामा बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ । जितपुरसिमरा उपमहानगरपालिका–९ मा स्थानीय २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको हो ।

बागमती प्रदेश–०६–००१ ख ०१२२ नम्बरको बसले पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो । सोही क्रममा गम्भीर घाइते भएकी उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू