परराष्ट्रकी अधिकृतको मोटरसाइकल ठक्करबाट ज्यान गयो

परराष्ट्रकी अधिकृतको मोटरसाइकल ठक्करबाट ज्यान गयो

माेटरसाइकल ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतकाे ज्यान गएकाे छ । काम सकाएर अनामनगरस्थित निवास फर्कदै गरेकी अधिकृत आस्था सुब्बालाई बाटाे काट्दै गर्दा माेटरसाइकलले पूर्वी गेट अघि ठक्कर दिएकाे थियाे ।

उपचारका लागि माेडल अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

०६९ सालमा अधिकृतका रूपमा सेवा प्रवेश गरेकी आस्था राष्ट्रसंघ महाशाखामा थिइन् । कार्यालय समयभन्दा अबेरसम्म मन्त्रालयमा बसेर काम गरिरहेकी उनकाे घर फर्कने क्रममा हिजाे ज्यान गएकाे हाे ।

ट्राफिक प्रहरीका अनुसार प्रदेश ३ ०० प ३६१६ नम्बरकाे बाइकले अधिकृत सुब्बालाई ठक्कर दिएकाे थियाे । चालक मिलन राना उक्त दुर्घटनामा परेर घाइते छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएकाे सिंहदरबार प्रहरी बृत्तले जनाएकाे छ ।

टिप्पणीहरू