प्लास्टर गर्दागर्दै करेन्ट लाग्यो,जसो गर्दा पनि रहेन ज्यान

प्लास्टर गर्दागर्दै करेन्ट लाग्यो,जसो गर्दा पनि रहेन ज्यान

अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । साँफेबगर नगरपालिका–७ रिडिकोट बस्ने २३ वर्षीय तपेन्द्र साउदको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।

सोही नगरपालिका–७ छिपेखोलास्थित रुपबहादुर बोहराको घरको छतमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका साउदको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू