कुदिरहेको बसबाट टाउको बाहिर निकाल्दा गयो अमूल्य ज्यान

कुदिरहेको बसबाट टाउको बाहिर निकाल्दा गयो अमूल्य ज्यान

काठमाण्डौको लाजिम्पाटमा भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कूल बसमा सवार नयाँ बसपार्कका १३ वर्षीय आयुष्मान दाहालको आज निधन भएको हो ।

टाउको बाहिर निकालेर यात्रा गरिरहेका दाहालको सडक किनारको रुखमा टाउको ठोक्किएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गएराती सवा २ बजे मृत्यु भएको हो ।

बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू