गस्ती जाँदा भीरबाट गुल्टिएका म्यादी रहेनन्

गस्ती जाँदा भीरबाट गुल्टिएका म्यादी रहेनन्

धादिङमा भीरबाट लडेर एक म्यादी प्रहरीकाे ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका-१, की २१ वर्षीया भवानी खकुरालको गस्ती जाने क्रममा लडेर मृत्यु भएको हो ।

नेपाल प्रहरीसँगै गस्ती गएकी भवानी हिजो सोही ठाउँमा लडेर गम्भीर घाइते भएकी थिइन् । उनकाे बासबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

टिप्पणीहरू