खोले पकाउँदा घर जल्यो

खोले पकाउँदा घर जल्यो

 

गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एउटा घर जलेको छ । घर नजिकै खोले पकाउने क्रममा बालिएको आगो सल्किँदा जन्तेढुंगा गाउँपालिका–५, चिसापानी भोर्लेका रवीन राईको घर पूरै जलेको हो ।

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित सबै सामान नष्ट भएको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू