नारायणीमा डुंगा पल्टियो, ३ को मृत्यु

नारायणीमा डुंगा पल्टियो, ३ को मृत्यु

पश्चिम नवलपरासीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।सुस्ता गाउँपालिका–४, नर्सहीस्थित नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सुस्ता गाउँपालिका ४ गोकुलनगरका गुड्डु हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् ।

टिप्पणीहरू