बागबजारमा २ वर्षीया बालिका पाँच तलाबाट खसिन्

बागबजारमा २ वर्षीया बालिका पाँच तलाबाट खसिन्

राजधानीको बागबजारस्थित घरको माथिल्लो भागबाट खसेर एक बालिकाको ज्यान गएको छ । नानीदेवी महर्जनकी २ वर्षीया छोरी रियासाको आफ्नै घरको पाचौँ तलाको झ्यालबाट खसेर मृत्यु भएको हो ।

हिजो राति साढे ९ बजे रियासा झ्यालबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।

टिप्पणीहरू