स्कुटर दुर्घटनामा बलबहादुर बिते, छोरी सिकिस्त

स्कुटर दुर्घटनामा बलबहादुर बिते, छोरी सिकिस्त

कास्कीमा स्कुटर दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ । पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा तनहुँका बलबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार राईकी छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । सोही अवस्थामा दुवै जना घाइते भएका थिए । तर, स्कुटर चालक तँनहुको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुरको उपचारको क्रममा निधन भएको हो ।

पछाडि बसेकी उनकी छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको प्रहरीले जानकारी दिएका छ ।

टिप्पणीहरू