गैरीखेतमा दुइटा बाइक जुध्दा तीनजना सिकिस्त

गैरीखेतमा दुइटा बाइक जुध्दा तीनजना सिकिस्त

पाल्पामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका-८ गैरीखेतमा गएराति भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार उनीहरु घाइते भएका हुन् ।

कालिगण्डकी करिडोर सडकमा बिजयपुरबाट भुजाततर्फ जाँदै गरेको लु २९ प ३८२७ र विपरित दिशाबाट आउदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सोही क्रममा ३८२७ नम्बरको मोटरसाइकल चालक यम बहादुर साठीघरे, उनको पछाडि रहेका जय बहादुर परियार र ५९२८ नम्बरको मोटरसाइकल चालक बिष्णु माझी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको रामपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये बिष्णु र जयको अवस्था गम्भिर रहेको प्रहरी कार्यालय पाल्पा बताएको छ ।

टिप्पणीहरू