मोटरसाइकलसँग साइकल ठोकिंदा ६ जना घाइते

मोटरसाइकलसँग साइकल ठोकिंदा ६ जना घाइते

एकैदिन मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सिराहा र धनुषामा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा बा ३१ प ८०१७ नम्बरको मोटरसाइकललले साइकललाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा साईकलयात्री सुरज मगर, विष्णु महतो र मोटरसाइकल चालक रुपेश कुमार यादव छन् । उनीहरुको आरके मेडिसिटीमा उपचार भईरहेको छ ।

त्यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–२ भानुचोकमा गएराति मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका छन् । प्रदेश-२-०१-००३ प ६८५६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा रमेश चौधरी, उनका छोरा आकाश चौधरी र मोटरसाईकल चालक दिनेश कुमार यादव घाइते भएका हुन् ।

घाइते तीन जनाको धनुषा अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

टिप्पणीहरू