७ महिनाकी गर्भवतीलाई भीरमा पठाइयो

७ महिनाकी गर्भवतीलाई भीरमा पठाइयो

तनहुँमा घाँस काट्ने क्रममा लडेर गर्भवती महिलाको ज्यान गएको छ ।रिसिङ्ग गाउँपालिका-३ सोलुङ्गकी दरिमाया थापाको घाँस काट्दा काट्दै लडेर निधन भएको हो ।

घर नजिकको खरबारीमा घाँस काट्दै गर्दा लडेर २४ वर्षीया दरिमाया घाइते भएकी थिइन् । उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक थापाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

टिप्पणीहरू