पिपरामा एउटा स्यालले टोकेर चार जना सिकिस्त

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार स्यालको टोकाइले घाइते भएका हुन् ।

एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

रातको समयमा गाउँ आसपास आउने स्यालले दिउँसै गाउँमा पसेर गाउँलेलाई टोक्न थालेपछि स्थानीय त्रसित छन् ।

टिप्पणीहरू