मध्यरातमा चितवनको दाना उद्योग खरानी

मध्यरातमा चितवनको दाना उद्योग खरानी

गए राति चितवनको एउटा दाना उद्योगमा आगलागी भएको छ । राति पौने २ बजेको समयमा राप्ती नगरपालिका ३, झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा आगलागी भएको बताइएको छ ।

किरण वलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा विद्युत सर्ट भएपछि आगो लागेको आशंका गरिएको छ । आगलागीको खबरलगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली, दमकल र स्थानीयको साढे ३ बजे नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट दाना बनाउन प्रयोग भएको मेसिन, बिजुलीका सामान, गोदाममा रहेको दाना खरानी भएको छ । वलीले आगलागीबाट डेढ करोडको क्षति भएको बताएका छन् । प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

टिप्पणीहरू