बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालक बिते

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालक बिते

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । गए राति राप्ती नगरपालिका–९, पिङटोलमा भएको मोटरसाइकल दुर्घटनामा स्थानीय ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार गए राति ११ बजे प्रेमले चलाएको ना. ४६ प ३७९३ नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक प्रेम र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका थिए । उपचारको क्रममा चितवन मेडिकल कलेजमा प्रेमको राति साढे ११ बजे मृत्यु भएको हो । घाइते राजकुमारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भीरबाट लडेर युवकको मृत्यु

मुगुमा भीरबाट लडेर एक युवकको ज्यान गएको छ । छायानाथ रारा नगरपालिका १३, बाम घर भएका २६ वर्षीय २६ गोराबहादुर बढुवालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालका अनुसार बढुवाल स्थानीय पिपल धाराको भीरबाट लडेका थिए । विगत केही दिनदेखि मृतक बढुवाल भेंडा चराउने क्रममा जंगलमा बस्दै आएका थिए ।

पोष्टमार्टमको निम्ति उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

टिप्पणीहरू