स्याङ्जामा मोटरसाइकल दुर्घटना, चालक बिते

स्याङ्जामा मोटरसाइकल दुर्घटना, चालक बिते

स्याङ्जाको हरिनास गाउँपालिका–३, रालेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पर्साको बहुदरमाई नगरपालिका–६ घर भएका मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय जयप्रकास साहको मृत्यु भएको छ ।

हिजो साँझ साँढे ५ बजे ग.११प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खस्दा चालकको दुर्घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू