ट्रकले किचेका ३ वर्षीय बालकको मृत्यु

ट्रकले किचेका ३ वर्षीय बालकको मृत्यु

सल्यानमा ट्रकले किचेर एक बालकको ज्यान गएको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारमा लु.१ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको छ ।

घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने क्रममा चालक चुडामणि बस्नेतले ट्रक चलाउँदा ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले किचेको थियो । प्रहरीका अनुसार टायरले च्यापेर गम्भीर घाइते भएका भण्डारीको उपचारका क्रममा स्थानीय परोपकार अस्पतालमा मृत्यु भएको हो ।

चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू