भन्सारका कर्मचारी गुडिरहेको मोटरसाइकलबाट खसेर बिते

भन्सारका कर्मचारी गुडिरहेको मोटरसाइकलबाट खसेर बिते

कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको ज्यान गएको छ । विजयनगर गाँउपालिका–७, जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु हुन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु अचानक खसेको बताइन्छ ।

मोटरसाइकलबाट खसेपछि घाइते भएका थारुको उपचारको क्रममा बहादुरगञ्जस्थित शिवराज अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू