अपराध

२० वर्षे युवकले लाखबढीको प्रतिबन्धित औषधि ओसारे

धनुषामा प्रतिबन्धित औषधि ओसारपसारको आरोपमा एक युवक पक्राउ परेका छन् । जनकपुर उपमहानगर ७, जिरो माइलबाट एक लाख २० हजारभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ पर्नेमा नगराइन नगरपालिका ३, बैरी फुलग निवासी २० वर्षीय पंकज साह हुन् । उनको साथबाट एक लाख २० हजार ८७६ रुपैयाँ बराबरको प्रतिबन्धित औषधि फेला परेको जिल्ला प्रहरी कार्यालय धुनषाले बताएको छ । प्रतिबन्धित औषधिमध्ये ९३ हजार २०६ रुपैयाँको रेजोस डिएसआर क्याप्सुल, २१ हजार ७१२…

Page 211 of 263