निर्वाचन सकिएको ४० घण्टामा शपथग्रहण

निर्वाचन सकिएको ४० घण्टामा शपथग्रहण

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले पदको सपथग्रहण गरेका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएको लेबर पार्टीका नेता अल्बानी अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुलाई पनि शपथ गराइएको छ । नयाँ मन्त्रीमण्डलमा रिचार्ड मार्लेस उपप्रधान तथा रोजगारमन्त्री भएका छन् । पेन्नी वाङ विदेश मन्त्री र कटी जाल्लाघर अर्थमन्त्री बनेकी छन् ।

भोलिदेखि जापानको राजधानी टोकियोमा हुने अमेरिका, जापान, अष्ट्रेलिया र भारतको ‘द क्वाड’ सम्मेलनमा सहभागी हुनुपर्ने भएपछि निकै हतारमा शपथ ग्रहण गराइएको समाचारमा जनाइएको छ ।

टिप्पणीहरू