प्रधानमन्त्री र प्रचण्ड बास बस्न धनगढी पुग्नुभयो

प्रधानमन्त्री र प्रचण्ड बास बस्न धनगढी पुग्नुभयो

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुग्नुभएको छ । उहाँहरु आज बिहान पोखरा र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ जानुभएको हो ।

प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै घरमा बास बस्नुभएको छ । प्रचण्ड स्थानीय रुबस होटेलमा बस्नुभएको हो ।

उहाँहरु दुवैजनाले भोलि धनगढीको रंगशालामा आयोजना गरिएको सत्तारुढ गठबन्धन दलहरुको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । त्यसपछि प्रधानमन्त्री देउवा गृहजिल्ला डडेलधुरा जाने बताइएको छ ।

अध्यक्ष दाहालले कैलाली, डोटी र कञ्चनपुरका विभिन्न आमसभालाई सम्बोधन गर्नुहुने भएको छ ।

टिप्पणीहरू