टिकट नपाएको रिसमा ठूलै तनाव

टिकट नपाएको रिसमा ठूलै तनाव

भालुको रिस खनायो माथि भनेझैं आफूले टिकट नपाएको रिस नेपाली कांग्रेसका नेता क्व्होलासोथारका खजिन्द्र गुरुङले स्थानीय निर्वाचन अधिकृतहरुमाथि पोखेका छन् ।

शुरुदेखि नै सो गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट दावा गरे तापनि मालिङे साइँला उपनामले परिचित गुरुङलाई टिकट नदिएर भुजुङका युवा नेता टेकबहादुर गुरुङले पाएका थिए ।

आफूले टिकट नपाएर जुनियर टेकबहादुर गुरुङले पाएको आक्रोश १२ गते मनोनयन दर्ता गर्न बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले र निर्वाचन सहायक मतदान अधिकृत त्रिलोकचन्द्र गुरुङप्रति पोखे ।

मापसेले टिल परेर निषेधित क्षेत्र तोड्दै भित्र पसेका गुरुङले सुन्नै नसकिने फोहोरी शब्दमा सरापेपछि स्थिति तनावपूर्ण बन्न गएको थियो । सुरक्षाकर्मीले बल प्रयोग गरी गलहत्याउन परेको थियो ।

नाताले त्रिलोक गुरुङको साढु दाइ पर्ने मालिंगे साइँलाले पनि निकै दुर्वाच्य प्रयोग गर्दै मैमत्त हुन थालेपछि आक्रोशित एमालेका कार्यकर्ताले तह लगाउन खोजे तर बुथ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले त्यसो हुन दिएनन् । मातेका गुरुङलाई घिच्याएर बाहिर निकाले ।

– अञ्जनकुमार हिमाली

टिप्पणीहरू