रोल्पामा काँग्रेस र एमालेको तालमेल,माओवादीको अलमल

रोल्पामा काँग्रेस र एमालेको तालमेल,माओवादीको अलमल

रोल्पामा सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली काँग्रेसले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रविरूध्द एमाले र कांँग्रेसबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको हो ।

दुई पार्टीबीच जिल्लाका १० मध्ये चारवटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको नेपाली काँग्रेस रोल्पाका एक जना नेताले बताए । जिल्लाका शीर्ष नेताहरूको आन्तरिक बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेपछि उम्मेदवारी दर्ताको क्रम शुरु भएको छ ।

चुनावमा गठबन्धन गरेर जानेबारे सैद्धान्तिक सहमति जुटेर निर्णय नै भएकाले अहिले विभिन्न पालिकामा तोकिएका उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन् ।

स्रोतका अनुसार त्रिवेणी,माडी, थवाङ,सुनछहरीमा एमाले र परिवर्तन,सुनिलस्मृति,लुंग्री, रोल्पा नगरपालिकामा काँग्रेसले नेतृत्व गर्ने तय भएको हो । रोल्पाका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका पाँच दलबीच सहमति नभएपछि आफूहरू एमालेसँग चुनावी तालमेल गर्न बाध्य भएको काँग्रेस नेताहरूले बताए ।

टिप्पणीहरू