रंगीबिरंगी हुनेलाई गौंडागौंडामा जाँच्न थालियो (फोटो फिचरसहित)

रंगीबिरंगी हुनेलाई गौंडागौंडामा जाँच्न थालियो (फोटो फिचरसहित)

फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ ।

काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीले चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडारबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिएका छन् ।

सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट ट्राफिकले सवारी साधनको गति निगरानी गरेको छ । सवारीसाधन चेकजाँचका लागि आज उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही ढंगले सवारी साधन चलाएका र मापसे गरेर हाँकेका एक सय ७० वटा सवारी साधनलाई समातेको छ । तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ताले बताए ।

नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छाडिने बताइएको छ । गत वर्ष होलीको दिनमा ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेक जाँचलाई कडाई गरेको हो ।

टिप्पणीहरू