कार्यालय नजाने कर्मचारीको जागिर चैट

कार्यालय नजाने कर्मचारीको जागिर चैट

बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएका एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा आज जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

टिप्पणीहरू