महामारीमा पनि अनअराइभल भिसा खुल्ला

महामारीमा पनि अनअराइभल भिसा खुल्ला

अध्यागमन विभागले विदेशी पर्यटकका लागि अनअराइभल भिसा यथावत् राखेको छ । कोरोनाको नयाँ भेरियन्टले विश्वलाई नै आतंकित पारेका बेला खोप कार्ड देखाएर विदेशीका लागि अनराइभल भिसा खुला गरिएको हो ।

विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिर्पोट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भए त्यसको अनुमतिको प्रतिलिपि पेश गरेको आधारमा भिसा दिने विभागले जनाएको छ ।

साथै, नेपाल छिर्न चाहानेले सीसीएमसीसीको अनलाइन फारम भरेको एकप्रति पनि दाखिला गर्नुपर्ने छ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिने विभागले बताएको छ ।

खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् ।

टिप्पणीहरू