कोरोना लागेपछि आदेश दिने सरकारी निकाय नै बन्द

कोरोना लागेपछि आदेश दिने सरकारी निकाय नै बन्द

कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले अत्यावश्यक बाहेकका अन्य सेवासुविधा कटौती गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवासुविधा अनिश्चितकालको लागि बन्द गरिएको हो ।

सेवा प्रदायक कम्पनी र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क हुने भएपछि जोखिम बढ्ने बताउँदै उसले सम्पूर्ण कामकाज बन्द गरेको जनाएको हो ।

हालका लागि नागरिकता, नागरिकताको प्रतिलिपि, संघ संस्था र नाबालक परिचय प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटको सेवा बन्द गरिएको छ ।

भोलिदेखि कार्यालयबाट प्रदान हुने उक्त सेवा सबै बन्द हुनेछ । तर शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहने प्रशासनले बताएको छ ।

टिप्पणीहरू