पर्सिदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ सुरु

पर्सिदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ सुरु

सरकारले पर्सि आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयानुसार माघ २ गतेदेखि कोरोना नियन्त्रणको क्रममा अग्र पंक्तिमा खटिएकाहरुलाई लगाइने छ ।

त्यसैगरी माघ १४ गतेदेखि ६० वर्ष र सोभन्दा बढी उमेर भएका नागरिकलाई कोरोनाविरुद्धको पहिले लगाएकै खोप प्रदान गरिने भएको हो । यसरी बुस्टर डोज लगाउँदा पहिले खोप लगाएको छ महिना पुगेको हुनुपर्ने छ ।

साथै बुस्टर डोज पहिले लगाएकै खोप लगाउनुपर्ने स्वास्थ्य सेवा विभागको आजको पत्रमा उल्लेख छ । विभागले बुस्टर डोज लगाउन आवश्यक व्यवस्था मिलाउन ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, ७ वटै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

टिप्पणीहरू