बैंकखाता खोल्न हिँडेकी टिउकी बीचबाटोमै बितिन्

बैंकखाता खोल्न हिँडेकी टिउकी बीचबाटोमै बितिन्

कालीकोटमा बैंकखाता खोल्न हिँडेकी ६० वर्षीया वृद्धाको ज्यान गएको छ । पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बाटोमै ज्यान गएको हो ।

पालिकाले बैंक खाता नभई वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

१० किलोमिटर हिँडेर खाता खोल्न जानु पर्ने भएपछि उनी आज बिहानै घरबाट हिँडेकी हुन् । वृद्धावस्था र शारीरिक रुपमासमेत अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न जाँदै थिइन् ।

टिप्पणीहरू