केपीमाथि चल्ने बञ्चरो कि करौंती ?

केपीमाथि चल्ने बञ्चरो कि करौंती ?

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विश्वास छ, कांग्रेसले गठबन्धन तोड्ने वा कुनै बहानामा धोका दिने सम्भावना छैन । नेपालसँग कुरा गर्न पुगेका केही बुद्धिजीवीमध्ये एकले सुनाए, ‘यदि धोका भयो भने कांग्रेस केपीसँग जानुपर्ने हुन्छ ।

त्यस निम्ति कांग्रेस पनि तयार छैन । ओलीलाई प्रचण्ड र माधवभन्दा ठूलो करौँती के हुन्छ र ? करौँती हैन, उनीहरु केपीका लागि बञ्चरो नै हुन् । करौँतीले सानासाना हाँगामात्र काट्ने हो । बञ्चरोले त हान्नुमात्रै पर्छ, नष्ट नै बनाइदिन्छ ।’

माधवको मनस्थिति रहेछ अमेरिकी सहायता परियोजना एमसिसीको खुलेर विरोध नगर्ने, पारित पनि नहोस् भन्ने ! केही महिनाअघि राजदूत ¥याण्डी बेरी भेट्न जाँदा यसबारेमा उहाँले कुरा गर्नुभयो ।

राजदूतले अरुण तेस्रोमा भएका समस्या बारे कुरा उठ्दा ‘काम नभएको अपजस कसको भागमा गयो ? पञ्चेश्वर परियोजनापछि देशमा के–के भयो ?’ माधवले नेपालले पाएका यावत अवसरसमेत गुमेको पृष्ठभूमिमा एमसिसीलाई धेरै ठूलो विषय बनाइरहनुपर्ने अवस्था नभएकोमा जोड गर्नुभयो ।

र, राजदूतसँग धेरै लामो कुराकानी भइसकेपछि सहयोगीतिर हेर्दै भन्नुभयो, ‘इज देयर एनी थिङ्ग एल्स ?’ आफूले नभन्ने, यसले भनिदिए हुन्थ्यो भन्ने चाहनाले उहाँले त्यसो भन्नुभएको थियो ।

ती सहयोगीले जनआस्थालाई बताए, २० वर्ष बसेको अफगानिस्तान छाडी हिँड्ने अमेरिकी सेना ‘एमसिसी पारित भएपछि नेपालमा आउने, नआउने कुरा अहिले बहसको विषय नै हैन । पहिलो कुरा त एमसिसी नै आउँदैन । एमसिसीको माध्यमबाट हुने भनिएका काम हामी आफ्नै खर्चले गर्न सक्छौँ ।

तर, अमेरिका लिऊ कि लिऊ भनेर आग्रह गरिरहेको छ ।’ उनी भन्छन्, ‘एमसिसी यसकारण आवश्यक छैन कि, यसले नेपालीहरुको मत विभाजन गरिरहेको छ । राष्ट्रिय मत कुनै एउटा अनुदान प्राप्त गर्ने नाममा विभाजित हुनु राम्रो हैन ।’ उनको तर्क छ, ‘यो अनुदान हैन, लगानी हो ।

अनुदान हो भने त्यसमाथि हामीले थप १५ अर्ब किन लगानी गर्ने ? बाहुनलाई तीनवटा गाई दान दिन्छु, अर्को दुईटा गाई आफैँ किन भनियो भने त्यसलाई दान भन्ने कि लगानी मान्ने ?’ किनभने, एमसिसी कुनै विधेयक वा कानुन पारित गरेकै शैलीमा संसदबाट पारित गरिदिनुपर्ने, त्यसपछि भारतलाई नेपालको तराई भेग बफर जोनका रुपमा बनाउनुपर्नेजस्ता कुरा त्यसमा निहित छन् ।

माधवसँगको भेटमा राजदूत रेण्डीले राउण्ड टेबल गरेर हुन्छ, हुँदैन र थाहा छैन भन्नेहरुको कुरा सुन्न प्रस्ताव गरेको बताइन्छ ।

टिप्पणीहरू