आइडिया हुनेलाई हिउँ पनि बरदान

आइडिया हुनेलाई हिउँ पनि बरदान

चीनमा आयोजना भइरहेको आइस–स्नो वल्र्डमा पर्यटकहरु खचाखच देखिएका छन् । चीनभित्र र बाहिर यसको सर्वत्र चर्चा भएको छ ।

हेइलोङजियाङ प्रान्तको हार्बिनमा भइरहेको हार्बिन आइस–स्नो वल्र्डले पर्यटकलाई आकर्षित गरेको छ । चार सय २३ मिटर अग्लो आइस स्लाइडमा ग्लाइडिङ गर्नु पर्यटकका लागि एउटा आकर्षक अनुभव बनेको छ ।हिउँ सम्बन्धी खेलकुदको निम्ति प्रसिद्ध हार्बिन शहरले हिउँदमा धेरै पर्यटकलाई आकर्षण गरेको हो । चीनको सबैभन्दा ठूलो आइस र स्नो थिम पार्कको रूपमा रहेको उक्त पार्कले २ लाख ३० हजार घन मिटर बरफ र हिउँ प्रयोग गरेर भव्य शीतकालीन संसार सिर्जना गरेको छ ।

जसमा आगामी फेब्रुअरीदेखि शुरु हुने बेइजिङ २०२२ शीतकालीन ओलम्पिकका विशेषता समेत झल्काइएको छ ।

टिप्पणीहरू